२०८३ श्रावण १९ , मंगलबार

सुख्खा पहिरोका कारण थुनियो अरुण नदी

सुनाखरी न्युज/ काठमाडौं। सुख्खा पहिरोका कारण अरुण नदी थुनिएको छ । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत निर्माणस्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर अरुण नदी थुनिएको हो ।

 

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कार्कीका अनुसार अरुण थुनिएको स्थानमा २६ मिटर भन्दा बढी पानी जमेको छ । अब केही घण्टामा थुनिएको ड्याम माथिबाट पानी बग्ने प्राविधिकलाई उद्दत गर्दै उनले बताए । भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत आयोजनाको ड्राइभर्सन टनेलको मुखमा आइतबार बिहान सुक्खा पहिरो खसेको थियो ।

 

सुख्खा पहिलो निरन्तर खसिरहेको छ । पहिरोका कारण अरुण तेस्रोको ड्याम साइडको काम पनि रोकिएको छ ।