२०८१ बैशाख १८ , मंगलबार

६ वर्षपछि फिफा वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना

सुनाखरी न्युज /काठमाडौं – गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि जितेको अर्जेन्टिना ६ वर्षपछि फिफा वरीयताको शीर्ष स्थानमा फर्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अपडेट गरेको नयाँ वरियतामा अर्जेन्टिनाले एक स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेको हो ।

 

अर्जेन्टिनाले गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेको थियो । विश्वकप फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको अर्जेन्टिनाले केही दिनअघि मैत्रीपूर्ण खेलमा पनामालाई २(० र कुराकाओलाई ७(० ले पराजित गरेको थियो ।फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार फ्रान्स दोस्रो स्थानमा उक्लिएको छ ।

 

फ्रान्स यसअघि वरीयताको तेस्रो स्थानमा थियो । तेस्रो स्थानमा ब्राजिल रहँदा चौथो स्थानमा बेल्जियम यथावत छ । पाँचौ स्थानमा इङ्ल्यान्ड, छैटौँ स्थानमा नेदरल्यान्ड्स, सातौँ स्थानमा क्रोएसिया, आठौँ स्थानमा इटाली, नवौँ स्थानमा पोर्चुगल र १०औँ स्थानमा स्पेन छन् ।