२०८१ बैशाख १८ , मंगलबार

सरकारको न्युनतम साझा कार्यक्रम आज साँझ

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै छ । सरकारले  साँझ ५ बजे न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

यसअघि सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्युनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो । कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेल लगायत सदस्य थिए ।

 

आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ । सो कार्यक्रमलाई आज साँझ ५ बजे सार्वजनिक गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय रमेश मल्लले जानकारी दिए ।

 

 

कार्यदलले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको न्युनतम साझा कार्यक्रमलाई सामान्य परिमार्जन गरी सार्वजनिक गर्न लागिएको एक नेताले बताए ।