२०८१ बैशाख २३ , आइतवार

रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा सुनुवाइ भएन

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज सुनुवाइ सुनुवाइ भएन

युवराज पौडेल (सफल) ले दिएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको थियो।

न्यायाधीश सिन्हाले रविको नागरिकतासम्बन्धी मुद्दा हेरेको इजलासमा आफू पनि भएकाले एक खालको धारणा दिइसकेकाले यो मुद्दा आफूले हेर्न नमिल्ने बताएको रिट निवेदककी वकिल राधिका खतिवडाले जानकारी दिइन्।

अब सर्वोच्चले उक्त रिटमा अर्को इजलास तोक्नेछ।