२०८१ बैशाख २३ , आइतवार

मर्मत सम्भारका लागि मनकामना केबुलकार सेवा बुधबार बन्द रहने

सुनाखरी न्युज/ काठमाडौँ । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि यहि चैत्र २२ गते बुधबार १ दिनको लागि केवुलकार सेवा बन्द हुने भएको छ।

 

जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै यहि चैत्र २३ गते बिहीबार बाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ। उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवाभने यथावत् रहनेछ।

 

कम्पनीले मनकामना केवलकार लाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तर उन्नती गरेको छ । साथै यस बाट यात्रु महानुभाबमा पर्न जाने असुबिधाको लागि कम्पनि क्षमाप्राथी रहेको छ ।