२०८१ बैशाख २१ , शुक्रवार

फिनिक्स कलेजद्वारा राष्ट्रिय क्रिकेट टोलीका पाँच जना खेलाडी सम्मानित

सुनाखरी न्युज/ काठमाडौँ । फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट टोलीका पाँच जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । क्रिकेट खेलमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो ।

 

उनीहरु पाँचै जना फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक कार्ययक्रममा अध्यानरत विद्यार्थीहरु हुन् । उनीहरु सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप क्रिकेटमा छनोट गराउन सफल खेलाडी हुन् ।खेलाडीहरुलाई कलेजका कार्याकारी निर्देशक लक्ष्मण पोखरेल, प्राचार्य प्रा.डा. फत्तबहादुर केसीले संयुक्त रुपमा टीका, माला तथा प्रशंसापत्रसहित नगद पुरस्कारले सम्मान गरे । कार्यक्रमको अवसरमा प्राचार्य केसीले खेलाडीहरु खेलकुदका लागि मात्रै नभई असल र मेधावी विद्यार्थी भएको जानकारी गराए । उनले खेलाडीको कलेजसँगको निकटता र उच्च शिक्षाप्रतिको लगनले विद्यार्थीहरुको पहिलो रोजाइ भएको बताए ।

 

यस्तै निर्देशक पोखरेलले राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई उच्च शिक्षा हासिल शतप्रतिशत पूर्ण छात्रवृत्ति उपलब्ध गराएको बताए । एक शिक्षित खेलाडीले आफूलाई संस्कार र खेललाई राम्रोसँग बुझ्न सक्षम हुने बताए । काठमाडौंको मौतिदेवीमा रहेको उक्त कलेजले सन् २०१२ देखि नेपालमा स्नातक र स्नातकोत्तर तहका व्यावस्थापन, कम्प्युटर विज्ञान र सूचना प्रविधि संकायका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।