२०८१ बैशाख २४ , सोमवार

कृषि विकास बैंक लि.को सोह्रौ वार्षिक साधरण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौँ । कृषि विकास बैंक लि.को वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भयो ।

 

बृहत कार्यसंजालद्धारा आफ्ना बस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २८० वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पु¥याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको कृषि विकास बैंक लि.को सोहा्रै बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भयो । बैंकका करिव ३ लाख ६० हजारको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले उत्साहजनक प्रतिफल स्वरुप चुक्ता पूंजीको ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस शेयर वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ ।

 

साथै उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिनु भएका शेयरधनी महानुभावहरुले उठाउनु भएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष श्री रामशरण पुडासैनीज्यूले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङज्यूले शेयरधनी महानुभावहरुबाट प्राप्त सुझावलाई समेत आधार बनाई अगामी दिनमा बैंकलाई थप शसक्त रुपमा अगाडी बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधी, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु सुमन दाहाल, डा.राजेन्द्र मिश्र, संजिव पौडेल, हरि प्रसाद पराजुली, श्रीमति रीता सुवेदीको उपस्थिती रहेको थियो ।

 

साथै कृषि विकास बैंक लि.को संचालक समितिमा समूह (ख) सर्वसाधरण शेयरधनीहरुको तर्फबाट ३ (तिन) जना संचालक सदस्य क्रमशः गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, र विनोद कुमार गुरागाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित हुनु भएको घोषण प्रमुख निर्वाचन अधिकृत (बरिष्ठ अधिवक्ता) यदुनाथ खनालले गर्नु भएको थियो । साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेले गर्नु भएको थियो ।