२०८३ जेठ ९ , शनिवार

सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन कार्यक्रमलाई अझ व्यापक बनाउन पाठ्यक्रममै समावेश गर्न पहल गर्ने

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल लगायत विश्वका अन्य विकशित तथा विकासउन्मुख मुलुकहरूमा पनि सुशासन तथा भ्रष्टाचार निवारण समन्धी विभिन्न तरिकाले शिक्षण संस्थाहरुले तल्लो लेभल देखिनै सुशासनको बारेमा अध्यापन गर्दै आएका छन् । सुशासनका पक्षमा र भ्रस्टाचारको बिरुद्दको अभियान सशकत बनाउन प्राथमिक तहबाटै बिध्यार्थिलाई शिक्छित गर्दै लानुपर्ने आवश्यकता महशुस भएको छ । त्रिभुवन विश्वविद्यालयको यस संस्थाले आयोजाना गरेको एक कार्यक्रमको अबसरमा प्राध्यापक तथा वरिष्ठ अर्थशास्त्रीहरुले यो भावना प्रकट गर्नु भएको हो ।

 

यस संस्थाले स्नातकोत्तर तह पहिलो शैक्षिक सत्रका विद्धार्थीहरुलाई स्वागत गर्ने क्रममा प्राध्यापक तथा वरिष्ठ अर्थशास्त्रीहरुले राजनीतिक, सामाजिक तथा आर्थिक सुधारको क्रम संगै सुशासनलाई पनि संगै सुधार गर्दै लान सकियो भने दिगो रुपमा आर्थिक बिकाश गर्न सहयोग पुग्ने कुरा बताउनु भयो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाज शास्त्र संकायका डीन प्रा डा कुशुम शाक्य ले संसारभरी नै सुशाशन को महत्व बढ्दै गएको र यसले समग्र बिकाशमा ठुलो सहायोग पुग्ने र सामाजिक रुपान्तरणमा सहयोग पुग्ने महसुस गरि यस्तो बिसय त्रिभुवन विश्वविद्यालयले सुरु गरेको बताउनु भयो।

 

त्यसैगरि त्रिभुवन विश्वविद्यालय सुशाशन तथा भ्रस्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख तथा केन्द्रिय अर्थसास्त्र बिभागका सहप्राध्यापक डा रमेश पौडेलले कुनै पनि अशल व्यक्ति र शैक्षिक संस्थाले देश्मा सुशासन स्थापित गर्न र भ्रस्टाचार बिरोधि चेतनाको बिकाश गर्न योगदान गर्नु पर्ने बताउदै आवस्यक परे त्रिभुवन विश्वविद्यालयले यो अध्ययनलाई प्राथमिक शिक्षासम्मै बिस्तार गर्नु पर्नेमा जोड दिनुभयो । आजको दिनमा हाम्रो देशमा जसरि सुशाशन बिग्रेको छ त्यसलाई झन् नाब्रिग्रोस भनेर यस्ता कार्यक्रमहरु राम्रो संग अगाडी बढाउनु पर्ने कुरा आजको टड्कारो आबस्यकता भएको कुरा बताउनुभयो । वहाले यो बिषको पढाइ सम्पन्न गरिसके पछी बिधार्थिले रोजगार बजारमा प्रभावकारी भूमिका खेल्न सक्ने बिश्वास र आशा ब्यक्त गर्नुभयो ।

 

यसै क्रममा त्रिभुवन विश्वविद्यालय, मानविकी तथा समाज शास्त्र संकायका सहायक डीन प्रा डा तारा प्रसाद भुसालले बिध्यार्थीहरुले पढ्ने विभिन्न सेमेस्टरको बारेमा बताउनु भएको थियो र आजका बिध्यार्थिहरु भोलिका दिनमा यस क्षेत्रका विज्ञका रुपमा तयार हुने आशा र बिश्वाश ब्यक्त गर्नु भयो । कार्यक्रममा स्वागत मन्तन्ब्य ब्यक्त गर्दै त्रिभुवन विश्वविद्यालय सुशाशन तथा भ्रस्टाचार नियन्त्रण अध्ययन केन्द्रका अध्यापक तथा नेपाल आर्थिक संघका महासचिव डा गोपाल प्रसाद तिवारीले सुशाशन तथा भ्रटाचार निवारणको अध्ययन अध्यापनले व्यक्ति र समाजमा जवाफदेहिता बढाउने र नेपाल जस्तो बिकाशशील देशमा शासनको प्रभाकरिता बढाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भयो। उक्त कार्यक्रममा प्रशासनको तर्फबाट रमेश खनाल, पहिलो ब्याचका बिद्ध्यार्थी समाजका प्रतिनिधि र नया बिद्धार्थीहरुको सहभागीता रहेको थियो र उनीहरूले पनि उत्शाहित हुँदै आफ्ना भावना ब्यक्त गरेका थिए ।