२०८२ चैत्र १ , आइतवार

मन्त्रिपरिषदको बैठक आज बस्दै

सुनाखरी न्युज/ काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । सिंहदरबारमा दिउसो ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय लिने बताइएको छ ।

 

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आज मध्यरातिदेखि अवकाशमा जाँदै हुनुनुन्छ । ५ जना अतिरिक्त महानिरीक्षकहरु आईजीपीका दाबेदार हुन् ।

 

चैत ६ गते सरकारले वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो ।