२०८१ बैशाख १८ , मंगलबार

‘मुन्द्रेको कमेडी क्लब’ भोलिदेखि

सुनाखरी न्युज/ काठमाडौं । हास्य अभिनेता जितु नेपाल (मुन्द्रे)ले ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन भोलि (बिहीवार)देखि प्रसारणमा ल्याउँदैछन् ।

 

भोलिदेखि हरेक बिहीवार राती ९ बजे कान्तिपुर टेलिभिजनमा यो शो प्रशारणमा आउनेछ ।युट्युबमा भने ओएसआर डिजिटलमार्फत यो शो सार्वजनिक हुनेछ । यस सिजनमा अध्यक्षमा अभिनेत्री प्रियंका कार्की छिन् भने निर्देशकमा दिनेश डीसी छन् ।

 

त्यस्तै कलाकारहरूमा दमन रुपाखेती, राजेन्द्र नेपाली, प्रभात लामालगायत रहेका छन् ।निर्माण टिमले पहिलो भागको प्रोमो सार्वजनिक गरेको छ । पहिलो भागमा युवास्टार अभिनेता प्रदीप खड्का अतिथि बनेका छन् ।