२०८१ बैशाख १८ , मंगलबार

सानिमा मिडिल तमोरको आईपिओ भर्ने आज अन्तिम दिन

सुनाखरी न्युज/ काठमाडौं ।सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज फागुन ३० गते अन्तिम दिन रहेको छ ।

 

कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणलाई आइपिओ बिक्रि खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय,, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।

 

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड रहेको छ । आगामी २०८० भदौ २६ गतेसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।