२०८१ बैशाख १८ , मंगलबार

आधा दर्जन बैंकहरुले घटाए ब्याजदर

New Note

सुनाखरी न्युज/ काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याज महंगो भएको भन्दै देशव्यापी रुपमा आन्दोलन चर्किन थालेका बेला वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाउन थालेका छन् ।

 

चर्को ब्याजदरको विरोधमा आन्दोलन ‘परालको आगो’ जसरी फैलिन थालेका बेला बैंकहरुले कर्जाको ब्याज घटाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सानिमा बैंक लिमिटेडले दुई प्रतिशत ब्याज घटाएको छ। । अब ब्याजदर घट्दै जानेछ । सिटिजन्स बैंकले पनि केही प्रतिशत ब्याज घटाएको छ ।

 

अन्य बैंकहरु गरी करिब आधा दर्जन वाणिज्य बैंकहरुले कर्जाको ब्याज घटाईसकेका छन् ।