२०८१ बैशाख १८ , मंगलबार

प्रदेश नं १ को नाम ‘कोशी’ कायमः आज सार्वजनिक बिदा

सुनाखरी न्युज/ काठमाडौं । प्रदेश नं १ को प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ कायम गरेको छ । बुधबार बसेको सभाको दोस्रो बैठकले प्रदेशको नाम बहुमतले पारित गरेको हो ।

 

नेपालको संविधानको धारा २९५ को उपधारा(२) बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस भएको थियो । मत विभाजनका आधारमा प्रदेशको नाम टुङ्गो लगाउँदा कोशी प्रदेशको पक्षमा ८२ मत र विपक्षमा चार मत परेको सभामुख बाबुराम गौतमले जानकारी दिनुभयो ।

 

नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा सदस्य कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । प्रदेशसभा बैठकमा राजेन्द्रकुमारको उक्त संशोधन प्रस्ताव टेबल गरेपछि ध्वनी बहुमतले अस्वीकृत भएको थियो । कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिनुभएको थियो । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले दिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सभामुख गौतमले सभालाई जानकारी दिनुभयो ।

 

यसैबीच कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बुधबार साँझ प्रदेश सभाबाट प्रदेशको नामकरण भएको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

May be an image of text that says 'प्रदेश सकार आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. प.सं. :०७९/५० च.नं.: सार्वजनिक विदा सम्बन्धी सूचना प्रस्तुत विषयमा प्रदेश सभाको मिति मा बसेको वैठकवाट प्रदेश नं. ૧ नाम कोशी प्रदेश राखे प्रस्ताव पारित भएकाले प्रदेशको नामाकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण वासिन्दाहरुलाई हार्दिक बधाई ज्ञापन गर्दे प्रदेशभित्रका सवै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान रशैक्षिक संस्थाहरुलाई मिति २०७९ साल फागुन 15 गते विहिवार सार्वजनिक विदा दिने प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति मा निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ मिति: २०७९।११।१७ (उमेश वस्नेत) प्रदेश सचिव'