२०८१ बैशाख १८ , मंगलबार

ग्रिसमा रेल दुर्घटनामा १५ को मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । ग्रिसमा रेल दुर्घटनामा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ ।

 

मङ्गलबार भएको सो दुर्घटनामा १५ जनाको ज्यान गएको ग्रिसका अधिकारीहरुले पुष्टि गरेका छन् । दुइ रेल आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो र त्यसमा परेर १५ जनाको ज्यान गएको बताइएको छ ।

 

मध्य ग्रिसमा मङ्गलबार मध्य राति सो दुर्घटना भएको र थप क्षतिको विवरण आउन बाँकी रहेको यहाँको राष्ट्रिय प्रसारण इआरटीले जनाएको छ । एजेन्सी