२०८१ बैशाख २५ , मंगलबार

पोखरामा वर्षा

सुनाखरी न्युज/ काठमाडौं । पोखरामा आइतबार कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ।

 

दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भएको हो। यसअघि पोखरामा बिहीबार हिउँदे वर्षा भएको थियो। त्यसपछि आइतबार ठूलो वर्षा भएको हो। लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिले पनि यहाँको कुनै क्षेत्रमा असिना समेत पर्दा तोरी, गहुँ, फापर र तरकारीबालीलाई क्षति पुर्‍याएको छ।

 

वर्षा हुँदा सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहात मिलेको भए पनि कतै असिनासमेत पर्दा हिउँदे बालीमा क्षति पुगेको छ।