२०८१ बैशाख १८ , मंगलबार

बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्न नपाइने

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं । सरकारले दिने आकस्मिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने भएको छ।

 

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबार यस्तो प्रावधान ल्याएको हो। संशोधित निर्देशनबमोजिम अब बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्नेछ।

 

यस्तो बिदाको दिन १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग र कार्यालय खुला राखेर सेवा सुचारु गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।