२०८१ बैशाख २३ , आइतवार

पठान फिल्म हजार करोड क्लबमा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म पठान हजार करोड क्लबमा प्रवेश गरेको छ।

 

मंगलबारसम्ममा पठानले १ हजार करोड कमाएको बलिउड बजार विश्लेषक तरण आदर्शले जानकारी दिएका छन्। एक हजार करोड कमाउने पठान पहिलो हिन्दी सिनेमा हो। दक्षिण भारतीय फिल्मले भने हजार करोड कमाएका छन्।

 

गत २५ जनवरीमा रिलिज भएको पठान अहिले पनि सिनेमा हलहरुमा चलिरहेको छ। करिब ४ वर्षपछि ठूलो पर्दामा आएका शाहरुखले आफूलाई बलिउड बादशाहको रुपमा पुनर्पुष्टि गरेको बलिउड समिक्षकहरुले बताउन थालेका छन्।