२०८१ बैशाख १८ , मंगलबार

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जोडिए सुनिल र नीर

सुनाखरी न्युज/ काठमाडौं । छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) अगामी चैत २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म महोत्सवमा प्रदर्शनका लागि छनौट भएको छ । यस्तैमा निफसँग अभिनेता नीर शाह र सुनिल थापा जोडिएका छन् । शाह निफको मुख्य सल्लाहकार र थापा सल्लाहकारको रुपमा भित्रिएका हुन् ।

 

निफको फिचर तर्फको जुरीमा केही अमेरिकी अभिनेता जेफ मोनाहान, भारतीय फिल्मका प्रसिद्ध समीक्षक प्रेमेन्द्र मजुमदार र अभिनेत्री प्रियंका कार्की छन् । त्यसैगरी छोटा तथा बृत्तचित्र तर्फको जुरीमा प्रा.डा.इतामी बोर्जन, ‘बेइजिङ फिल्म एकेडेमी’ कि डिन प्रा.लि. रान र सदस्यमा माया एकेडेमीका इन्द्रलाल बलामी छन् ।

 

यसबर्ष ‘निफ’ मा ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ एकदर्जन जति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत निफमा आयोजना गरिने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान अध्यक्ष केपी पाठकले बताए ।