२०८१ बैशाख १८ , मंगलबार

‘शिवमसँग उपहार टन्न’ योजनाको दोस्रो चरणको विजेताहरु घोषित

सुनाखरी न्युज/ काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम सिमेन्टद्वारा “शिवमसँग उपहार टन्न” उपहार योजनाको मासिक लक्की ड्रअन्तर्गत दोस्रो महिनाको भाग्यशाली (उपभोक्तातर्फ ३० जना र बिक्रेतातर्फ ४० जना) विजेताहरुको नाम लक्कीड्रमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरेएको छ।

 

यसअघि पुस २६ गते लक्कीड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको छनौट गरिसकेको थियो। हालसम्म लक्की–ड्रबाट उपभोक्तातर्फ ६० जना तथा बिक्रेतातर्फ ८० जना भाग्यसाली विजेता बनिसकेकाछन् भने स्योर सर्ट पुरस्कारमार्फत १ लाख ५० हजारभन्दा बढीले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका छन्।

 

शिवम सिमेन्टले गत मंसिर १८ गतेदेखि “शिवमसँग उपहार टन्न” नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो। जसअन्तर्गत प्रत्येक २० बोरा शिवम सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरी रु. २०० देखि रु. ५०० सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो भने सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखी मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो। यस योजनामा छोटो समयमै ग्राहकको उल्लेख्य संख्यामा सहभागिता थियो।

 

आज सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कारबापत २ भाग्यशाली जोडी बाग्मती–पोखरा क्षेत्रबाट विकास कोइराला र उपत्यकाबाहिरबाट राम प्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन् भने दोस्रो पुरस्कारअन्तर्गत दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनक कुमार झासहित ४ जोडी विजेताले हेलिटुर पुरस्कार वापत जितेका छन। तेस्रो पुरस्कारअन्र्तगत फेवा कन्स्ट्रक्सन, दीपेन्द्रकुमार झा, केशव कुमार, शर्मिला केसी, नितु मानन्धर तथा थप एकजनासहित ६ जनाले आधा–आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् भने चौथो पुरस्कारबापत ८ जनालाई हिराको औँठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहारस्वरुप जितेका छन्।

 

त्यस्तै आज सम्पन्न लक्की–ड्र कार्यक्रममा पहिलो लक्की–ड्रमार्फत उपहार जित्न सफल मेची–कोशी क्षेत्रका उपभोक्ता तथा वितरकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो। छोटो समयमा उत्साह जनक रुपमा सहभागिता जनाई यस योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम सिमेन्ट्स परिवार सम्पूर्ण उपभोक्ता, ग्राहक र वितरकलाई हार्दिक धन्यवाद दिँदै अझै यस योजनाअन्तर्गत स्योर सट पुरस्कारमा करोडौँको नगद उपहार, सयौँ केजी चाँदी तथा सयौँ तोला सुनका साथै मासिक तथा मेघा लक्की ड्रमार्फत अझै धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ।

 

यो उपहार योजना मिति मंसिर १८ गतेदेखि नेपालभरि लागू गरिएको छ। स्क्र्याच कुपनमार्फत हात खाली नजाने पक्का उपहारअन्तर्गतको नगद उपहार सिमेन्ट खरिद गर्ने वितरकबाट तुरुन्तै प्राप्त हुने तथा सुन र चाँदीका लागि मोबाइल नम्बर ९८०१११४६५८ मा सम्पर्क गरी शिवम सिमेन्टको बिक्री कार्यालयहरुबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। एक पटक पक्का पर्ने र तीनपटकसम्म जित्न मौका मिल्ने यो योजनाले ग्राहकलाई थप हौसला र खुसी प्रदान गर्ने विश्वास कम्पनीले लिइएको छ।

 

शिवम सिमेन्ट एक मात्र ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै ग्राहकद्वारा रुचाइएको सिमेन्ट उद्योग हो। ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आइरहेको शिवम सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुंगा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुंगाबाट गुणस्तरीय ओपीसी सिमेन्टमात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलोपटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो भने हालै बिज न्युजद्वारा द बेस्ट म्यानेज्ड कम्पनी अफ द इअर–२०२२ अवार्डद्वारा सम्मानित गरेको छ।