२०८१ बैशाख १८ , मंगलबार

जो बिकिनी लगाएर खेतबारीमा काम गर्छिन्

सुनाखरी न्युज/ काठमाडौं । मानिसहरुका रुची अनेक खालका हुन्छन् । चर्चामा आउनका लागि मात्र नभएर कतिपय मानिसले आफ्नो शोख पूरा गर्नका लागि पनि विभिन्न हर्कत गर्दछन् । यस्तै एकजना महिला पछिल्लो समयमा सोसल मिडियामा चर्चामा छिन् ।

 

ती महिलाले आफ्नो सोसल मिडिया अकाउन्टबाट आफ्नो खेतीपातीका तस्वीरहरु शेयर गर्दै आएकी छिन् । खेतबारीमा काम गरिरहेका उनका तस्वीरहरुमा उनले बिकिनी लगाएको देखिन्छ । महिला किसानको त्यो उत्तेजक पहिरनलाई लिएर मानिसहरुले अनेक खालका टिप्पणी गरिरहेका छन् । तर उनलाई आफु ट्रोल भएकोमा कुनै आपत्ति छैन । उनी भन्छिन्, ‘मलाई जे मन लाग्छ, त्यहीँ कपडा लगाउँछु ।’उनी आफूलाई बिकिनी किसान भनेर चिनाउँछिन् । उनका केही भिडियोहरु सोसल मिडियामा भाइरल भैसकेका छन् । उनले आफ्ना भिडियोमा दैनिक जिवनसँग सम्बन्धित विभिन्न कुराहरु शेयर गर्दछिन् ।

 

टिकटकमा उनको युजरनेम @the_fancy_farmer हो । एउटा भिडियोमा उनी कालो रङको बिकिनी लगाएर घोडासँग उभिएकी छिन् । त्यस्ता भिडियोमा गरिने ट्रोल तथा आपत्तिजनक टिप्पणीहरुको उनले सहजै जवाफ फर्काउने गरेकी छिन् । उनी भन्छिन्, ‘मलाई लाग्छ महिलाहरुले आफ्नो इच्छा अनुसारका कपडा लगाउनु पर्दछ । अरुले कुन रुपमा हेर्दछ भन्ने कुराले कुनै फरक पार्नु हुँदैन ।’एउटा अर्को भिडियोमा उनले घरबाट बाहिर ननिस्किँदासम्म आफूले ब्रा नलगाउने पनि खुलासा गरेकी छिन् ।एजेन्सी