२०८१ बैशाख १८ , मंगलबार

रानीको‘उड्यो मन’मा कुनै तनावविना रमाएर जिन्दगी जिउने सन्देश

सुनाखरी न्युज/ काठमाडौं । गायिका रानी शाक्यले युवतिहरूको भावनालाई समेट नयाँ गीत ‘उड्यो मन’ ल्याएकी छन् । गीतमा रानीको स्वर, राजकुमार बगरको शब्द तथा संगीत छ ।

 

गीतको भाव जस्तै निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेले यसको भिडियो भिडियो तयार पारेका छन् । भिडियोमा मोडलद्धय स्मारिका ढकाल र आभा थापाको नृत्य हेर्न सकिन्छ ।

 

भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ । गायिका रानीले यो गीतबाट आफूले यूवतीहरुलाई कुनै तनावविना रमाएर जिन्दगी जिउन आग्रह गरेको बताएकी छिन् ।