२०८१ बैशाख १८ , मंगलबार

सुनको आपूर्ति सुधारगर्न सुनचाँदी ब्यवसायीले दिए वाणिज्य मन्त्रीलाई ज्ञापनपत्र

सुनाखरी न्युज/ काठमाडौं ।
बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी ब्यसायीहरुले ततकाल आपूर्ति ब्यवस्थामा सुधारगर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघकमा अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार गएको महासंघको प्रतिनिधिमण्डलले उद्याग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई महासंघका तर्फवाट ज्ञापनपत्र वुझाउँदै सुनको आपूर्ति बढाउन आग्रह गरेको हो ।
भेटका क्रममा मन्त्री भण्डारीले ब्यवसायीका समस्यालाई आफूले नजिकवाट नियालेको उल्लेख गर्दै ब्यवसायीका समस्या समाधानगर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यसकालागि ब्यवसायीसग् आवश्यकता अनुसार परामर्श गरेर अगाडि बढ्ने समेत उहाँले बताउनुभयो ।
मन्त्री भण्डारीसँगको भेटका क्रममा ब्यवसायीहरुले सुनचाँदी कारोबारको निर्देशका समेत जारी गर्न आग्रह गरे । भेटका क्रममा ब्यवसायीहरुले सुनचाँदी ब्यवसायीहरुले भोग्नुपरेका विविध समस्याका बारेमा जानकारी गराएका थिए । त्यसक्रमा उपाध्यक्ष द्धय पवन कुमार सोमानी र महेन्द्ररत्न शाक्य तथा सचिव किरणभाई बज्राचार्य र सह कोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायतको उपस्थिति रहेको थियो ।