२०८१ बैशाख १८ , मंगलबार

प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनबारे छलफल

सुनाखरी न्युज/ काठमाडौँ ।

संसद्मा रहेका प्रतिपक्षी दलहरूको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनबारे छलफल भएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले आजको बैठकमा राष्ट्रिय सभाको निर्वाचनको विषयमा पहिलो चरणको छलफल भएको जानकारी दिएका हुन् ।

 

बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको उपाध्यक्षको विषयमा आजको सबैको कुरा सुन्ने र बुझ्ने काम भएको बताए ।