२०८१ बैशाख १८ , मंगलबार

नबिल बैंकका ग्राहक लाई शाओमी ब्राण्डका सामानको इएमआई सुविधा

सुनाखरी न्युज/ काठमाडौं । नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिलबैंक लिमिटेड र साओमी नेपाल बीच शून्य इएमआई सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा नबिल बैंकका तर्फ बाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपाल, नेपाल प्रमुख अमित कुमार पन्डा,रमेश कर्पोरेशनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नबिल बैंक ग्राहकले शाओमी ब्राण्डका मोबाइलफोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा इएमआईमा ब्याज लाग्ने छैन । यस्तो सुविधा ३ महिना र ६ महिनाको लागि उपलब्ध गराइएको नबिल बैंकले जनाएको छ ।

 

शाओमी ब्राण्डको मोबाइल खरिद गर्दा सुन्य प्रतिशत, ३० प्रतिशत, अथवा ५० प्रतिशतडाउनपेमेन्ट गरी शाओमी ब्रान्डको मोबाइल, टेलिभिजनअथवा ल्यापटप खरिद गर्न सक्ने छन् । त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशत भन्दा कम डाउन पेमेन्ट गरेमा ब्याजन लागे पनि न्युनतम सेवा शुल्क भने लाग्ने उल्लेख गरिएको छ । सुविधा लिन भने नबिल बैंक क्रेडिट कार्ड होल्डर हुनु पर्नेछ।