२०८१ बैशाख १८ , मंगलबार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

सुनाखरी न्युज / काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली बालुवाटार गएका थिए ।

 

भेटमा रिक्त भएको गृह मन्त्रालयको टुंगो, आसन्न राष्ट्रिय सभाको निर्वाचन, फागुन २५ र चैत ३ मा हुने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनबारे छलफल भएको बताइएको छ। आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

 

आजै प्रधानमन्त्री दाहालसँग प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले भेटवार्ता गरेका थिए ।