२०८१ बैशाख २३ , आइतवार

प्रभु बैंकको सीईओमा अशोक शेरचन नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । सेञ्चुरी बैंकसँग मर्जर भएको प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अशोक शेरचन नियुक्त भएका छन।

 

यसअघि सोही बैंकमा २ कार्यकाल सीईओ भएर सफल कार्यकाल पुरा गरेका सेरचनको दुई बैंक मर्जभएपछि पनु अर्को कार्यकालका लागि नियुक्त भएका हुन । बैठकले शेरचनलाई पुनः सीईओ बनाएको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले जानकारी दिए। उनी २०७५ माघ १८ गते बैंकको सीईओ नियुक्त भएका थिए। दुई साताअघि सेञ्चुरी कमर्शियल बैंकलाई प्रभुमा समाहित गरेपछि अशोक तेस्रो कार्यकालका लागि सीईओ बनेका हुन्।

 

अशोकको नेतृत्वमा समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नति भएको हो। २०७१ भदौ ३० गते तत्कालीन किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज गरी प्रभु बैंकको नामबाट कारोबार सुरु भएको थियो।