२०८२ फाल्गुन ३० , शनिवार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

सुनाखरी न्युज / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार ( १० माघ )  बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली सरकारी निवास बालुवाटार पुगेका थिए।

 

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीबीच भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ।

 

साथै राष्ट्रपति निर्वाचन, प्रदेश सरकारहरूमा मन्त्रिपरिषदलाई पूर्णतालगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।