२०८३ श्रावण १७ , आइतवार

सरकार सँग मिलेर पुन कालिगढ तालिम संचालन गर्नुपर्ने : केस बहादुर सुनार

सुनाखरी न्युज/ काठमाडौं । महासंघका सचिव केस बहादुर सुनारले प्रदेश ले कालिगढ तालिम संचालन गर्दा कोविड महामारी ले संचालन रोकिए पनि पुन प्रदेश सरकार सँग मिलेर संचालन गर्नुपर्ने र यस्ता राम्रा कानको लागि महासंघले सहयोग गर्ने बताउनु भयो।

 

कार्यक्रम मा महासंघका सचिव बाबुराम विश्वकर्मा नवलपुर जिल्ला समन्वय समिति को प्रमुख हुनुभएको मा दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।यसै अवसरमा उहाँले यस्तो सर्हानिय कार्य प्रति आभार प्रकट गर्नु भएको थियो। कार्यक्रम मा मधेस प्रदेशका सभापति राम जि साह,प्रदेश सांसद गोबिन्द नेपाली र डिलमाया पौ बि विश्वकर्मालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो। सभामा केन्द्रीय सदस्यहरू मनकाजी घमाल,सुदेशचन्द्र राजभण्डारी निर्मल दियाली र हरि बहादुर बिश्वकर्माले बोल्नु भएको थियो।

 

दोस्रो सत्रमा कोषाध्यक्ष नेत्र बहादुर बिश्वकर्माले आर्थिक प्रतिवेदन,सचिव रविन बिश्वकर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। सुझाव सहित परित गरिएको थियो। साधारण सभाले चोरीजन्य समस्या समाधान प्रदेश स्तरिय,निति नियम निर्देशिका भैपरी आउने अन्य कार्यका लागि सभापति चन्द्र किशोर गौतम को संयोजकत्वमा प्रदेश पदाधिकारीहरू र जिल्ला अध्यक्ष हरु रहने गरि १६ सदस्यिय समिति गठन गरिएको र जिल्ला अध्यक्ष पुर्ण बहादुर बिश्वकर्मा,देव बहादुर बिश्वकर्मा,बिनोद कुमार बिश्वकर्मा,ठाकुर बि पौडेल र राजेसमान बुद्धाचार्यले बोल्नु भएको थियो। कार्यक्रम संचालन सचिव रबिन बिश्वकर्माले र धन्यवाद सहित कार्यक्रम समापन जिवन कुमार बिश्वकर्माले गर्नु भएको थियो।