सुनाखरी न्युज/ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । पूर्वराजा शाहले दुर्घटनाबाट भएको क्षतिको गहिरो दुःख व्यक्त गर्नु भएको छ । विमान दुर्घटनामा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए ।
विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि सेती नदी किनारमा दुर्घटना भएको थियो ।
