सुनाखरी न्युज/ काठमाडौं । नेपालकै पहिलो ब्रम्हकुमारी एबं पश्चिम नेपालको ब्रम्हकुमारीका निर्देशक सिस्टर प्रनिता गुरुङको मेलबर्नको ब्रन्सविक टाउन हलमा आयोजित “Discovering My True Potential and My Roles” कार्यक्रममा भएको सहभागिताको समाचार तपाईंंको लोकप्रिय पत्रिकामा प्रकाशनको लागि पठाएका छौं । सदा जस्तै सहयोगको लागि अग्रिम धन्यवाद/आभार ।
नेपालकै पहिलो ब्रम्हकुमारी सिस्टर प्रनिता गुरुङको मेलबर्नमा कार्यक्रम जनवरी १२, ब्रन्सविक, मेलबर्न: नेपालकै पहिलो ब्रम्हकुमारी एबं पश्चिम नेपालको ब्रम्हकुमारीका निर्देशक सिस्टर प्रनिता गुरुङले मेलबर्नको ब्रन्सविक टाउन हलमा आयोजित “Discovering My True Potential and My Roles” कार्यक्रममा प्रबचन दिने क्रममा कसैबाट केही अपेक्षा नगरी समभावका दृष्टिकोणका साथ नि:स्वार्थ रुपमा निरन्तर सेवा भाव प्रदर्शन गरी सबैलाई आफ्नो सेवा प्रदान गर्न सकिंदा यस्ले स्वत: स्फूर्त रुपमा देवत्वकरण गराउने बताइन । सूर्य, चन्द्रमा, आगो, पानी, हावा आदिलाई आफ्नो भनाइको उदाहरणको रुपमा पेश गर्दै यी सबैले आ-आफ्नो धर्म अनुरुप सबैलाई समान रुपमा निरन्तर सेवा प्रदान गर्नुकै परिणाम यी सबैलाई हामीले देवताको रुपमा पुज्ने गरेको बताइन ।
परिवार र समाजमा हरेक कुरामा एकार्कामा ब्यापार भाव प्रदर्शन गरिनाले भौतिक सम्पन्नताका बाबजूद सुखमय जीवन यापनबाट सबै बन्चित हुन परेको बताउँदै सिस्टर गुरुङले सुख प्राप्तीका लागि प्रेमभाव र आत्माउन्मुख अनिवार्य शर्त भएको बताइन । वुद्धभूमि र तपोभूमि नेपाल छाडेर आएर पनि मेलबर्नमा आयोजित कार्यक्रमको वातावरणका कारण नेपालमा नै रहेको अनुभूति ब्यक्त गरेकी सिस्टर गुरुङले उपस्थित सबैलाई केही समय ध्यान गराएकी थिइन ।
वरिष्ठ राजयोग शिक्षक एबं ब्रम्हकुमारी नेपालका महासचिब शैलेश राज बरालले प्रबचन दिने क्रममा सुख गन्तब्य नभएर दैनिक जीवनचर्याको अभिन्न अंग बनाइनुपर्ने र विस्वका करीब ८ अर्ब मानिसमा हरेक ब्यक्ति बाँकी सबैसंग बिल्कुलै फरक हुने भएका कारण प्रत्येक ब्यक्ति बिशेष उद्धेस्यका लागि परमात्माद्धारा पठाइएकोले त्यो उद्धेस्य प्राप्ती जीवनको उद्धेस्य बनाइनाले सुखमय जीवन संभव हुन सक्ने बताए । कार्यक्रममा स-साना नानीद्धय मेगा र सुरीद्धारा स्वागत नाच प्रदर्शन गरिएको थियो भने गीता थापा क्षेत्रीद्धारा ‘फूलको आँखामा फुलै संसार…’ गीत गाइएको थियो । सिस्टर प्रनिता गुरुङ र वरिष्ठ राजयोग शिक्षक शैलेश राज बरालसंगको कार्यक्रम अस्ट्रेलियाका बिभिन्न शहरमा आयोजना गरिने योजना छ ।
ब्रम्हकुमारी अस्ट्रेलियाको पहलमा ब्रम्हकुमारी मेलबर्नको संयोजकत्वमा आयोजित माधुरी मास्केद्धारा सन्चालित उक्त कार्यक्रममा सिस्टर प्रनिता गुरुङ, वरिष्ठ राजयोग शिक्षक शैलेश राज बराल, ब्रम्हकुमारी अस्ट्रेलियाकी प्रमुख सिस्टर सीता गुरुङ, सिस्टर क्रिस्टिना आदिलाई लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, दिदी-बहिनी समाज भिक्टोरियाका अध्यक्ष रोशनी श्रेष्ठ र दिदी-बहिनी समाज भिक्टोरियाका निबर्तमान अध्यक्ष डा जमुना पराजुलीद्धारा खादा र मालाद्धारा स्वागत गरिएको थियो भने बी गुरुङद्धारा स्वागत र काजलद्धारा धन्यवाद मन्तब्य ब्यक्त गरिएको थियो ।