२०८२ फाल्गुन ३० , शनिवार

प्रधानमन्त्रीका ज्वाइँसहित ३ जना मन्त्री नियुक्त

सुनाखरी न्युज / विराटनगर – मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यलाई मन्त्री नियुक्त गरेका छन । दोस्रो पटक मन्त्री परिषद विस्तार गर्ने क्रममा मुख्यमन्त्री कार्कीले थप तीन जना मन्त्री नियुक्त गर्दा प्रचण्डका ज्वाइँ आचार्यलाई पनि समेटेका हुन ।

 

आज भएको मन्त्री परिषद विस्तारमा दुर्गा चापागाईँ, बुद्धिकुमार राजभण्डारीलाई पनि समेटेका छन् । चापागाई र आचार्य माओवादी कोटाबाट मन्त्री भएका हुन् भने राजभण्डारी एमाले कोटाबाट मन्त्री भएका हुन ।

 

आज नियुक्त भएका सबै मन्त्री विना बिभागीय हुन ।उनीहरुको जिम्मेवारी चाँडै तोकिने मुख्यमन्त्री कार्कीले जनाएका छन ।