
किरण गिरी । नेपाली कांग्रेसले राष्ट्रिय सहमति र सहकार्यका लागी पौष -२६ गते बिसाल र उदार हृदयका साथ संसदमा आफ्नो भुमिका स्पष्ट पारेको छ । नेपाली कांग्रेस यो देशमा जिम्मेवार , भरपर्दो र दुरदर्शिता बोकेर अगाडि बढ्ने लोकतान्त्रिक पार्टी हो । प्रचण्ड सरकार लाई ” बिश्वास को मत ” दिएर नेपाली कांग्रेस ले उच्च संसदीय राजनीतिक संस्कार प्रदर्शन गरेको छ । कांग्रेस ले राष्ट्रिय सहमति को संदेश दिएको छ । यो संदेश को मर्म र भावना अब सबैले आत्मसात गर्नु जरुरी छ ।
सबैखाले आन्दोलन , परिबर्तन र उपलब्धि हरुको नेतृत्व गर्दै आइरहेको नेपाली कांग्रेस लाई नजर अन्दाज गर्यो भने त्यो गम्भीर भुल हुने छ । सहमति को आबश्यकता र औचित्यपूर्ण बाताबरण आज देशको पहिलो आबश्यकता हो ।
सहमति को प्रस्ताव :-
राष्ट्रपति – नेपाली कांग्रेस ।
प्रधानमन्त्री – नेकपा माओवादी ।
सभामुख – नेकपा एमाले ।
मुख्य मन्त्री –
नेपाली कांग्रेस , एमाले र माओवादी बिच जनमत र संतुलन को आधार मा बांडफाड गर्न सकिन्छ ।
तीन प्रमुख राजनीतिक दल हरु बिच राष्ट्रपति , प्रधानमन्त्री र सभामुख पद सम्मान जनक बांडफाड गर्नु आजको आबश्यकता हो । प्रधानमन्त्री मा नेकपा माओवादी का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नियुक्त भै बिश्वासको मत प्राप्त गरिसक्नु भएको छ ।
अब राष्ट्रपति र सभामुख पद नेपाली कांग्रेस र नेकपा एमाले बीच सहमति गरेर अगाडि बढ्न सकेमा मुलुकमा राजनीतिक स्थीरता र समृद्धि देखा पर्न सक्ने देखिन्छ ।
राष्ट्रिय सहमति को भावना लाई अक्षरस पालना गर्न सकेमा मुलुकमा दिगो शान्ति र सहमति , समुन्नति र समृद्धि मा नेपाल लाई लैजान सकिन्छ । अब निषेध को राजनीति ले नेपाल अगाडि जान सक्दैन ।
गएको संसदीय निर्वाचन ले कुनैपनी पार्टी लाई बहुमत दिएन ।
संघीय संसद र प्रदेश सभा मा पहिलो पार्टी नेपाली कांग्रेस बन्यो।
यो चुनावले कुनैपनी राजनीतिक दललाई एक्लै राज्य सञ्चालन को अनुमती दिएको छैन । आजको अबश्यकता संबाद , सहमति र सहकार्य नै हो भन्ने कुरा स्पष्ट देखिएको छ । यो यथार्थ लाई नेपाली कांग्रेस , नेकपा एमाले , माओवादी पार्टी , रास्वपा , राप्रपा र नेकपा ए समाजबादिले आत्मसात गर्नु जरुरी छ ।
आम निर्वाचनको जनादेश केलाउदा ९४.५३ % नेपाली जनता ले नेपालको संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र को पक्षमा मतदान गरेका छन । संबिधान र गणतन्त्र थप सुदृढ र सबल भएको तथ्य जनादेश ले पुनः प्रमाणित गरेको छ ।समानुपातिकको अन्तिम मत गणना अनुसार रास्ट्रीय मान्यता प्राप्त -७ राजनीतिक दलहरुले पाएको गरेको मत अनुसार
यस्तो छ मुलुकको राजनीतिक अंक गणितको जनमत :-
१. नेकपा एमाले: २८,४५,६४१ (२६.९४%)
२.नेपाली कांग्रेस: २७,१५,२२५ (२५.७१%)
३.एमाओवादी:- ११,७५,६८४ (११.१%)
४.रास्वपा:११,३०,३४४ (१०.७%)
५.राप्रपा: ५,८८,८४९ (५.५७%)
६.जसपा:४,२१,३१३ (३.९८%)
७.जनमत: ३,९४,६५५ (३.७३%)
२०७४ सालको निर्वाचनमा काङ्रेस भन्दा
एमालेको मत ४५,१०५ वढी रहेकोमा अहिले
२०७९ आम निर्वाचनमा १,३०,४१६ म बढी देखिन्छ ।
मात्रै १८४११ मतकाे कमिले नेकपा एस राष्ट्रिय पार्टी बन्न सकेन
प्रतिनिधि सभा को गणितीय तस्वीर यस्तो छ :-
प्रतिनिधिसभामा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित) यस्तो रहेको छ :-
राष्ट्रिय पार्टी हरु :-
१. नेपाली कांग्रेस–५७+३२=८९
२. नेकपा एमाले–४४+३४=७८
३. नेकपा माओवादी केन्द्र–१८+१४=३२
४ .राष्ट्रिय स्वतन्त्र पार्टी–७+१३=२०
५. राष्ट्रिय प्रजातन्त्र पार्टी–७+७=१४
६. जनता समाजवादी पार्टी, नेपाल–७+५=१२
७. जनमत पार्टी–१+५=६
राष्ट्रिय पार्टी हुन नसकेका दलहरु हरु :-
८ .नेकपा एकीकृत समाजवादी =१०
९. लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल =४
१०. नागरिक उन्मुक्ति पार्टी= ३
११. राष्ट्रिय जनमोर्चा=१
१२. नेपाल मजदुर किसान पार्टी =१
स्वतन्त्र सांसद – ५ समेत
जम्मा–२७५ को प्रतिनिधि सभा जनता को सार्बभौमसत्ता सम्पन्न संघीय संसद हामी संग छ ।
नेपाली कांग्रेस संसदमा पहिलो ठुलो दल , दोस्रो एमाले ।
नेपाली जनताको अनुमोदन प्राप्त बिश्वास र भरोसा योग्य पार्टी नेपाली कांग्रेस संसदको सबभन्दा ठुलो दल बनेकोमा पार्टी नेतृत्व , नेतृत्व तह , नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति र आम मतदाता लाई हार्दिक बधाई । नेकपा एमाले दोस्रो ठुलो दल माओवादी तेस्रो र रास्वपा र राप्रपा चौधौं र पाचौं राजनीतिक शक्ति भएका छन तापनि यो संसदीय अंकगणित ले कसैलाई पनि एक्लै अगाडि बढ्ने अनुमति दिएको छैन ।
स्थानीय चुनावको मत विश्लेषण :-
निर्वाचन आयोगले भन्यो : स्थानीय चुनावमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो पार्टी :-
निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो दल भएको बताएको छ ।
नेपाली कांग्रेसले दोस्रो स्थानमा रहेको नेकपा एमालेले भन्दा करिब एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको छ ।
आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरुको लोकप्रिय मतको गणना गरेको छ । आयोगको विवरण अनुसार नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको छ । त्यस्तै नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ ।
स्थानीय निर्वाचनमा राजनीतिक दलहरुले प्राप्त गरिएको मत परिणामका तथ्यांक :-
नेपाली कांग्रेस ३९ लाख ५६ हजार १९३(३४.२८%)
एमाले ३८ लाख ११ हजार ६०२(३३.०३%)
माओवादी १५ लाख ०३ हजार २४७
जसपा ५ लाख ७७ हजार ३८०
एस ४ लाख २२ हजार ७३७
राप्रपा ३ लाख ६४ हजार १६०
तिनै तहका निर्वाचनमा झण्डै – ३० /३० लाख जनमत प्राप्त गरिरहेका नेपाली कांग्रेस र नेकपा एमाले नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल को दिगो ,स्थाइ र भरपर्दो राजनीतिक दल हुन भन्ने तथ्य बारम्बार प्राप्त जनमत हरु ले पुष्टि गरिरहे को छ ।
उल्लेखित जनमतको यथार्थ धरातलमा टेकेर अगाडि बढ्न सके हामीले सबै चुनौतीपूर्ण समस्या हरुको समाधान गर्दै आधुनिक र समुन्नत नेपाल निर्माण अभियान लाई सार्थक रुपमा सफल बनाउन सक्ने छौं ।
कुनै पनि राजनीतिक शक्ति वा दल लाई सहमतिमा लिएर जान सक्नु नेपाली कांग्रेस , नेकपा एमाले र नेकपा माओवादी लगायत संसदमा प्रतिधित्व गर्ने सबै राजनीतिक दलहरू को दाइत्व र जिम्मेवारी हो ।
लेखक – किरण गिरी नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।