२०८२ फाल्गुन २६ , मंगलबार

पालुन खोला हाइड्रोपावरले १९ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

सुनाखरी न्युज/ काठमाडौं । पालुन खोला हाइड्रोपावर कम्पनीले १९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।

 

कम्पनीले स्थानीयवासी तथा सर्वसाधारणलाई गरी उक्त आईपीओ निष्कासन गर्न लागेको हो। पालुन खोला हाइड्रोपावर कम्पनीले ताप्लेजुङको मिखवा गाउँपालिकास्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको।

यसैबीच पालुन खोला हाइड्रोपावरले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ। नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज पालुनखोला हाइड्रोपावर तर्फबाट कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगाना तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन्। गर्नुभएको छ।