२०८१ बैशाख १८ , मंगलबार

एक किलो गाँजासहित एक जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । भक्तपुर नगरपालिका १ बाट एक किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका १ यति कार्पेट जय नेपाल चोक बस्ने २१ वर्षीय विकेश तामाङलाई अवैध लागूऔषध गाँजासहित प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा ३१ प ३९८०, बा ८७ प ११८६ नम्बरको मोटरसाइकल र उक्त गाँजासहित फेला पारिएको प्रहरीले जनाएको छ ।