२०८१ बैशाख १८ , मंगलबार

काठमाडौंलाई १०२ रनले हराउँदै नेपाल टी–२०मा लुम्बिनीको आठौं जित

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं नाइट्सलाई १०२ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्सले आठौं जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित १७ ओभरमा लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.४ ओभरमा अलआउट हुँदै ८१ रनमा सीमित भयो।

 

काठमाडौंका लागि वसिर अहमदले सर्वाधिक २२ रन जोडे। कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बम समान १५ रनमा आउट हुँदा कमलसिंह ऐरीले १६ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। लुम्बिनीका इशान पाण्डे कुशल भुर्तेल र ह्यारि टेक्टरले समान दुई विकेट लिए। किशोर महतो विपुल शर्मा, हर्मितसिंहले समान एक÷एक विकेट लिए। पहिला ब्याटिङ गरेको लुम्बिनीका लागि हर्मितसिंहले सर्वाधिक ७० रनको आक्रमक इनिङ खेले। उनले ३६ बलमा २ चौका र ८ छक्का प्रहार गरे। लाहिरु मिलन्थाले २६ रन जोड्दा गुलसन झाले २१ रन योगदान गरे।

 

कुशल भुर्तेल १५ र ह्यारि टेक्टर १७ रन बनाउँदा अनिल शाह १६ रनमा अविजित रहे। काठमाडौंका अविनाश बोहरा तीन तथा वसिर अहमद दुई र अनिल खरेलले एक विकेट लिए। ९ खेलबाट ८ जित र एक हारको नतिजा निकालेको लुम्बिनी १६ अंकसहित शीर्षस्थानमा छ। काठमाडौंको ८ खेलमा समान ४ जित र ४ हारसहति ८ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ।