२०८१ बैशाख १८ , मंगलबार

एनआइसी बैंकको एटिएम फेड्दै गर्दा एक जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

 

चन्द्रागिरी नगरपालिका ११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।