२०८३ श्रावण १७ , आइतवार

राम्चे लहदी गैरीस्वारा सामुदायिक बन उपभोक्ता समुहको ९ औ साधारण सभा सम्पन्न

शिशिर पौडेल /पोखरा । पोखरा महानगर पालिका वडा नं १९ मा रहेको राम्चे लहदी गैरीस्वारा सामुदायिक बन उपभोक्ता समुहको ९ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वडा सदस्य विकास अाचार्यले अब हामीले सामुदायिक बनलाई केवल दाउरामा मात्र सिमित नराखेर विविध अावश्यकता अनुसारको उत्पादन मुखी बनाउनु पर्दछ भन्नू भयाे ।प्रमुखअतिथि अाचार्यले सामुदायिक बनबाट उपभाेक्ताहरुले सहजरुपमा प्राप्त गर्नसक्ने घाँस पात र नगदे उव्जाउ अादि सृजनात्मक उत्पादनका विषयमा प्रकाश पार्दै उपभाेक्ताहरुलाई नया साेचका साथ अघि बढ्न उत्प्रेरित गर्नु भयो ।

 

कार्यक्रममा बाेल्दै अन्य उपाेभाेक्ताहरुले पनि वन संरक्षण ,सम्वर्धन , उपजमूखि बनाउनमा जाेड दिनुभयाे । राजु केसी को अघ्यक्षतामा भएको साे कार्यक्रम सन्चालन उपभाेक्ता समितिका सचिब कुमार केसीले संचालन गर्नु भएको थियो ।