२०८२ फाल्गुन २९ , शुक्रवार

गृहमन्त्री लामिछानेद्वारा पदभार ग्रहण

नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गर्नुभएको छ । सोमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लामिछानेले पदभार गर्नुभएको हो ।

 

 

उहाँले आजै राष्ट्रपति भवनमा उप–प्रधानमन्त्रीसहित गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । उहाँ नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र लामो समय  सञ्चारकर्मीका रूपमा कार्यरत हुनुहुन्थ्यो ।