सुनाखरी न्युज/ पोखरा । फेवा बचत तथा ऋण सहकारी सस्थाको २४ औ बर्ष मा प्रवेश गरेको अबसरमा सहकारीको प्रधान कार्यालय जिरो कि मि मा रहेको प्रधान कार्यालयको सभा हलमा स्तन क्यान्सर र पाठेघर मुखको क्यान्सर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
निशुल्क स्वास्थ्य शिविर कार्यक्रम पोखरा महानगर पालिका वडा समिती कार्यालय वडा नं – ५ का वडा अध्यक्ष बिष्णु प्रसाद बरालले ब्यानरमा हस्ताक्षर गरि कार्यक्रमको उद्घाटन गर्नुहुदै फेवा सहकारीको २४औ बार्षिक उत्सवको महिला लक्षित निशुल्क स्वास्थ्य शिविर को आयोजना गरि वडा नं ५ लाई सम्झी सहभागी गराउनु भएकोमा बार्षिक उत्सव का साथ स्वास्थ्य शिविर को सफलताको शुभ कामना दिनुहुदै वडा नं ५ मा रहेको अन्य सहकारी भन्दा फरक र आफ्नै भवनमा संचालन गरेको कास्कीको गनिने सहकारी मध्य पर्न सफल फेवा सहकारी रहेको पुस्ट्याउनु हुदै आफु पनि २१ बर्ष पहिला यसै सहकारी बाट कर्जा लिई आफ्नो ब्यापार ब्यबसाय संचालन गरेको स्मरण गराउदै बैकिङ्ग कारोबार संगसंगै सामाजिक उत्तर दायित्व अन्तर्गत कार्य गरेको बताउनुहुदै वडा नं ५ भित्र रहेका १० बटा सहकारी लाई एकैठाउमा राखी समाज र सामाजिक कार्य र वडा बिकास मा सहकारीको भुमिका बिषयमा अन्तरक्रिया गर्ने बताउनु भयो ।
महिला शेयर सदस्यहरू लक्षित स्तन क्यान्सर र पाठेघरको मुखमा हुनसक्ने क्यान्सर निशुल्क शिविर कार्यक्रममा वडा नं ५ का २०७९ मा निर्बाचित वडा सदस्य एवं कार्यपालिका सदस्य हरिमाया बि क, वडा सदस्यहरूमा कल्पना क्षेत्री, मणिराम बराल , गोविन्द पराजुली र रिजनल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. तारा गुरुङ्ग समेतलाई खादा, दोसल्ला र मायाको चिनो बाट सम्मान गरिएको उक्त स्वास्थ्य शिविरमा रिजनल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. तारा गुरुङ्गले मानब त्यसैमा महिलाको सम्बोधन शिल अंग स्तन क्यान्सर र पाठेघरको मुख मा हुनसक्ने क्यान्सर सम्बन्धि सचेत हुन जरुरी हुनु पर्ने बताउनु हुदै बिबहा को ३ बर्षपछि चेकअप गर्नु पर्ने त्यस पश्चात हरेक ५÷५ बर्षमा पाठेघर चेक गराउनु पर्ने बताउनु हुदै स्तन मा हुनसक्ने क्यान्सर रोकथाम सम्बन्धि सचेतना मुलुक आफ्नो भनाई राख्नुभएको शिविरमा पोखरा महानगर पालिका स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले सहकारी सस्थाले महिलाहरूको पाठेघरको मुखमा हुनसक्ने क्यान्सरको समयमै पहिचान गरेमा पाठेघरको समस्या केहि मात्रमा समाधान हुने र हरेक महिलाहरू ३० देखी ६० बर्ष उमेरका महिला हरूले चेकअप गराउनु पर्ने र यस्ता सचेतना कार्यक्रम बाट सिकेका सचेतना कार्यबाट घर घर र टोल हुदै वडा सम्म जानकारी गरायमा पाठेघरमा मुखको क्यान्सर मा कमि आउने बताउनु भयो ।
फेवा सहकारीका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलले सहकारीको बित्तिया कारोबार र आर्थिक गतिविधि र हालको अबस्थाका बारेमा जानकारी दिनु भएको कार्यक्रममा सस्थाका कोषाध्यक्ष शेर काजी गुरुङ्ग, भद्रकाली सेवा केन्द्र ब्यबस्थापन उप समितिका संयोजक क्या. श्याम गुरुङ्ग, सदस्य योगराज पौडेल, महेश गुरुङ्ग, रूपक गुरुङ्ग र प्रबन्धक जगन तिमल्सिना लगायतका बक्तहर ले आ आफ्नो बिचार राखेका थिए ।
उक्त निशुल्क स्वास्थ्य शिविरमा रिजनल अस्पताल जिरो किमि का स्त्रीरोग विशेषज्ञ डा. तारा गुरुङ्ग समेतका मेट्रोन प्रमिला श्रेष्ठ, अयब सूर्य कुमारी धर्ति र पोखरा महानगर शहरी स्वास्थ्य केन्द्र वडा नं ५ का ईन्चार्ज आशिष सुवेदी, स्टाफ नर्स शान्ति पौडेल, मनिता शाही, देबी पौडेल र जया अधिकारी सहितका टोलीले १५० जना लक्षित स्तन क्यान्सर तथा पाठेघरको मुखमा हुन सक्ने क्यान्सर उपचार निशुल्क स्वास्थ्य शिविरमा ७५ जना महिलाले स्वास्थ्य परिक्षण गरि फाइदा लिनु भएको शिविर मा ६ जना महिलाहरूको पाठेघरको मुखमा केहि खराबी देखिएको हुदा उपचारमा लाग्ने खर्च सहकारीले ब्यबस्थापन गर्ने सहकारीका उपाध्यक्ष एव कार्यक्रमका संयोजक सम्मर बहादुर श्रेष्ठ ले बताउनु हुदै फेवा बचत तथा ऋण सहकारी सस्था को २४औ बार्षिक जन्मउत्सव कार्यक्रमको अबसर मा ५ दिने कार्यक्रमको पहिलो दिन सरसफाइ , दोस्रो दिन निशुल्क स्वास्थ्य शिविर र बधाई सम्मान, तेस्रो दिन नेवा मिसाः पुचः कास्की द्वारा आयोजित झो भे मा सहयोग, चौथो दिन नेपाल मानव आश्रम लाई सहयोग का साथ पाचौ दिन आउदा दिनमा सहकारी लाई कसरी हाक्ने भनि २ दिने पंचबर्षे योजना तर्जु गोष्टी गरि सम्पन्न गराईने बताउनु हुदै कार्यक्रम संयोजक सम्मर बहादुर श्रेष्ठले कार्यक्रममा सबैलाई स्वागत गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष क्या.चन्द्र प्रसाद गुरुङ्गको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव दिल बहादुर भट्टराईले गर्नुभएको थियो ।