
किरण गिरी । आमनिर्वाचन पछि देखा परेको राजनीतिक उत्साह मा आजको अनपेक्षित राजनीतिक घटनाले हामीमा केहि निराशा आउनु स्वाभाविक हो तर निरासा भएको बेला कुनै क्रिया र प्रतिक्रिया दिनु उपयुक्त होइन । संसदीय राजनीतिमा दलहरू बिच नयाँ / नयाँ ध्रुवीकरण र समीकरण हुनु स्वाभाविक हो । ध्रुवीकरण र समीकरण का रुप भन्दा सार पक्ष हामीले बुझ्नु र विश्लेषण गरेर उपयुक्त सान्दर्भिक रणनीति बनाएर अगाडि बढ्नु जरुरी छ ।
अब बन्ने एक थान सरकार लाई बधाई र शुभकामना दिदै सरकार लाई नेपाली कांग्रेसको नेतृत्वमा आएको परिबर्तन , संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र दृढ र प्रतिबद्ध गराउनु नेपाली कांग्रेस को दायित्व हो । यो पहरेदारी हामी कहिल्यै चुक्नु हुदैन । अब आफू भित्रै आरोप र प्रत्यारोप ले हामी आफै लाई कमजोर बनाउछ । हाम्रो नेतृत्व र हाम्रो मिहेनत को कारणले नै आज हामी स्थानीय तहमा पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित भएका छौ भने संसदमा २३ सिट बाट ५७ सिटमा प्रत्यक्ष जितेर ८९ स्थानमा बिजय हासिल गरेर संसदको पहिलो ठुलो दल बन्न सफल भएका छौं । यसको श्रेय नेपाली कांग्रेस पार्टी केन्द्रीय नेतृत्व , पदाधिकारी केन्द्रीय कार्यसमिति र संगठनका सबैतहका कार्यसमिति र करिब ९ लाख क्रियाशिल सदस्य हारु मा जान्छ नै यसको लागी स्थानीय चुनावमा – ३९ लाख र संसदीय चुनावमा – २७ लाख सार्बभौमसत्ताका मालिक मतदाता लाई हार्दिक सलाम अर्पण गर्दछु ।
जनमत को धरातलीय यथार्थमा टेकेर नेपाली कांग्रेस को पार्टी संगठन लाई युबा र नयाँ पुस्ताको चाहना र भावना बमोजिम समेत चुस्त र दुरुस्त रुपमा अगाडि बढाउनु हामी सबै नेता कार्यकर्ता को दायित्व र जिम्मेवारी हो । हामीले नै बनाउने हो हाम्रो संगठन , हामीले नै ल्याउने हो कांग्रेसमा नयाँ उत्साह र जीवन । प्राकारान्तर ले आज बामपंथी र दक्षिणपंथीहरु समीकरणले बनेको सरकार को कारण यो देशको संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र को भबिस्य कस्तो हुने त्यो भने हेर्न बाकी नै छ । जय नेपाल ।
लेखक – किरण गिरी नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।