सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटरमा जारी सत्ता गठबन्धनको बैठक सकिएको छ ।
नयाँ जनादेशअनुसार सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बिहान करिब ११ बजेदेखि छलफलमा थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आज बेलुकी पाँच बजेसम्मको समय दिएपछि नेताहरू दौडधुपमा छन् ।
गठबन्धनमा कांग्रेस र माओवादीले २/२ वर्ष सरकारको नेतृत्व गर्ने र एकीकृत समाजवादीले एक वर्ष नेतृत्व गर्ने सहमति भएको छ र । तर, प्रधानमन्त्री पहिले को बन्ने भन्ने विषयले सरकार गठनको प्रक्रिया नै अड्केको हो । अध्यक्ष प्रचण्डले पहिलो चरणमै आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान राखेका छन् । जसमा देउवा सहमत छैनन् ।