२०८२ चैत्र ६ , शुक्रवार

संसदीय दलको चुनाव पछि कांग्रेस सभापति देउवाको नेतृत्व मा संयुक्त सरकार गठन सहज

किरण गिरी । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न भै सभापति शेरबहादुर देउवा संसदीय दलको नेता चयन भए संगै अब नेपाली कांग्रेस का सभापति देउवा को नेतृत्वमा संयुक्त सरकार गठन प्रक्रिया अगाडि बढाउन सहज भएको छ । निर्वाचन जनादेश र संसदीय अंकगणित ले पनि सरकार नेपाली कांग्रेस कै नेतृत्वमा बन्नु पर्ने अवस्था देखिन्छ । नेपाली कांग्रेसको बिधान अनुसार दल नेता नै प्रधानमन्त्री को उम्मेदवार हुने प्राबधान रहेको छ ।

 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई लागू भएपश्चात मुलुकमा दोस्रो पटक नेपाली कांग्रेसको नेतृत्वको सरकारबाट प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनमा ठूलो दलको रुपमा स्थापित भइसकेको नेपाली कांग्रेस हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समेत मुलुकको सबैभन्दा ठूलो दलको रुपमा स्थापित भई प्रतिनिधि सभामा आफ्नो उपस्थिति जनाउँदैछ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमध्ये प्रतिनिधि सभा सदस्य पदमा सर्वाधिक सीट हासिल गरेको दलका हैषियतले नेपाली कांग्रेस पार्टीले नेपालको संविधानको व्यवस्था बमोजिम सरकारको नेतृत्वको दावी गर्नु स्वभाविक हुन्छ । यसर्थ, नेपाली कांग्रेस पार्टीको नेतृत्वमा आगामी सरकारको गठन गर्नका लागी गठबन्धन रहेका राजनीतिक दलहरु लगायत दलहरू संबाद , सहमति र सहकार्य गर्न नेपाली कांग्रेस ले निर्णय गरीसकेको छ ।

निर्वाचनको जनादेश कांग्रेसको नेतृत्व :-
नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वले तिनैतहको निर्वाचन सम्पन्न गरेको जिम्मेवारी र जनादेश अनुसार पनि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन को संयुक्त सरकार निर्माण हुनु आजको आबश्यकता हो ।
नेतृत्वमा कांग्रेस , समृद्ध देश ।
समुन्नत नेपाल र सम्मानित नेपाली को लागी
नेपाली कांग्रेसको नेतृत्वमा सरकार । जय नेपाल ।
आम निर्वाचनको संदेश ,संबिधान अनि गणतन्त्र थप संस्थागत र सुदृढ भएको छ ।
आम निर्वाचनको जनादेश केलाउदा ९४.५३ % नेपाली जनता ले नेपालको संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र को पक्षमा मतदान गरेका छन । संबिधान र गणतन्त्र थप सुदृढ र सबल भएको तथ्य जनादेश ले पुनः प्रमाणित गरेको छ ।समानुपातिकको अन्तिम मत गणना अनुसार रास्ट्रीय मान्यता प्राप्त -७ राजनीतिक दलहरुले पाएको गरेको मत अनुसार

यस्तो छ मुलुकको राजनीतिक अंक गणित :-
१. नेकपा एमाले: २८,४५,६४१ (२६.९४%)
२.नेपाली कांग्रेस: २७,१५,२२५ (२५.७१%)
३.एमाओवादी:- ११,७५,६८४ (११.१%)
४.रास्वपा:११,३०,३४४ (१०.७%)
५.राप्रपा: ५,८८,८४९ (५.५७%)
६.जसपा:४,२१,३१३ (३.९८%)
७.जनमत: ३,९४,६५५ (३.७३%)
२०७४ सालको निर्वाचनमा काङ्रेस भन्दा
एमालेको मत ४५,१०५ वढी रहेकोमा अहिले
२०७९ आम निर्वाचनमा १,३०,४१६ म बढी देखिन्छ ।
मात्रै १८४११ मतकाे कमिले नेकपा एस राष्ट्रिय पार्टी बन्न सकेन

 

प्रतिनिधि सभा को गणितीय तस्वीर यस्तो छ :-
प्रतिनिधिसभामा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित) यस्तो रहेको छ :-
नेपाली कांग्रेस–५७+३२=८९
नेकपा एमाले–४४+३४=७८
नेकपा माओवादी केन्द्र–१८+१४=३२
राष्ट्रिय स्वतन्त्र पार्टी–७+१३=२०
राष्ट्रिय प्रजातन्त्र पार्टी–७+७=१४
जनता समाजवादी पार्टी, नेपाल–७+५=१२
जनमत पार्टी–१+५=६
राष्ट्रिय पार्टी हुन नसकेकाहरु
नेकपा एकीकृत समाजवादी =१०
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल =४
नागरिक उन्मुक्ति पार्टी= ३
राष्ट्रिय जनमोर्चा=१
नेपाल मजदुर किसान पार्टी =१
स्वतन्त्र=५
जम्मा–२७५

नेपाली कांग्रेस संसदमा ठुलो दल :-
नेपाली जनताको अनुमोदन प्राप्त बिश्वास र भरोसा योग्य पार्टी नेपाली कांग्रेस संसदको सबभन्दा ठुलो दल बनेकोमा पार्टी नेतृत्व , नेतृत्व तह , नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति र आम मतदाता लाई हार्दिक बधाई । जय नेपाल ।
नेतृत्वमा कांग्रेस , समृद्ध बन्छ देश ।
कांग्रेस कै नेतृत्वमा आन्दोलन ।
कांग्रेस कै नेतृत्वमा परिबर्तन ।
कांग्रेस कै नेतृत्वमा शान्ति अनि संबिधान ।
कांग्रेस कै नेतृत्वमा तिनै तहको निर्वाचन ।
त्यसैले अब ,
युवा पुस्तामा कांग्रेस , नयाँ पुस्तामा कांग्रेस ।
मुलुकको समुन्नतिमा कांग्रेस ।
बिकास अनि समृद्धिमा कांग्रेस ।
अब हरेक तह र तप्कामा ” देखिने कांग्रेस , सुनिने कांग्रेस ” । सम्पन्न आम निर्वाचनले नेपालको संबिधान र राजनीतिक प्रणाली ” संघीय लोकतान्त्रिक गणतन्त्र ” संस्थागत बिकास एबं थप सुदृढ भएको छ । नेपाली कांग्रेस लाई यही संदेश दिएको छ
मतदाताले ब्यबस्थामा होइन , अबस्थामा परिबर्तन खोजेका छन । राजनीतिक दलहरूमा र कार्यशैलीमा व्यापक सुधार तथा परिवर्तनको आबश्यकता देखिएको छ ।
दलहरूमा नयाँ र युबा पुस्ताको भुमिका र भबिस्य सुनिश्चित हुनुपर्ने अबस्था जरुरी देखिन्छ ।
चुनावी प्रतिस्पर्धा सकियो , अब मुलुक बिकास र समुन्नति को लागी दलहरू बीच संबाद , सहमति र सहकार्य अत्यावश्यक ।
गरिबी को न्युनिकरण र रोजगारीका अबसर सृजनाको लागी सार्थक र इमान्दार प्रयासको थालनी मा अब ढिलो नगरौं । “समुन्नत नेपाल र सम्मानित नेपाली ” अभियानमा सिंगो मुलुक लाई एक ढिक्का बनाऔं ।

 

मेरो प्रतिबद्धता कांग्रेस संगठनमा निरन्तरता :-
परमात्माको अनुकम्पा , समय र भाग्यले साथ दिए अबको १५ बर्ष नेपाली कांग्रेसको पार्टी संगठनमा सशक्त र प्रभावकारी ढंगले ” देखिने कांग्रेस र सुनिने कांग्रेस ” को अभियन्ताका रूपमा अबिरल रुपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

लेखक – किरण गिरी , नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।