२०८२ फाल्गुन २९ , शुक्रवार

सकियो कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको मतदान

सुनाखरी न्युज/ काठमाडौं ।नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।

 

निर्धारित समयभन्दा केही समय ढिलो भएको मतदान केही बेर अघि सकिएको एक नेताले जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

 

अब केहीबेरमा मतगणना सुरू हुनेछ । संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।