२०८२ फाल्गुन २९ , शुक्रवार

सांसदहरूको शपथ पुस ७ गते १ बजे हुने

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते १ बजे गर्ने तयारी संघीय संसद् सचिवालयले गरेको छ ।

मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २ सय ७५ सांसदको शपथको तयारी गरिरहेको संघीय संसद् सचिवालयले पुस ७ गते शपथ गर्ने तयारी गरिरहेको हो । प्रतिनिधिसभाको बैठकका लागि व्यवस्थित गरिँदै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संघीय संसद् भवनको प्रतिनिधिसभा बैठक कक्ष । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार नयाँ सांसदहरूको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

 

ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन् । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ ।