२०८२ चैत्र ६ , शुक्रवार

डा. हेमनाथ घिमिरेको गद्य कवितासङ्ग्रह “मेरा बीज अक्षरहरू” लोकार्पण

सुनाखरी न्युज/ काठमाडौं । त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत पत्रकारिता र हिन्दी विभागका प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा तथा वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा डा. हेमनाथ घिमिरेको गद्य कवितासङ्ग्रह “मेरा बीज अक्षरहरू” लोकार्पण भयो ।

यसैगरी भगवती शर्माको ” डा. हेमनाथ घिमिरे व्यक्ति र कृति ” समालोचना कृतिको लोकार्पण पनि भयो । प्रमुख अतिथि तुलसी दिवसले हेमनाथका कवितामा मौलिक स्वाद भएको विचार व्यक्त गर्नुभयो । डा. सुबोध शुक्लाले लेखकलाई कविता फाँटमा स्वागत गर्नुभयो ।

 

पूर्व राजदूत हरिकुमार श्रेष्ठ, पूर्व सहसचिव कृष्णचन्द्र घिमिरे, वरिष्ठ वकिल रामकृष्ण घिमिरे, कवि सीता भट्टराई, डा. निरज भट्टराइ , विनोद भट्टराई लगायतले कवि घिमिरेलाई शुभकामना दिनुभयो । कार्यक्रम कवि रन्जु दाहालले सञ्चालन गर्नुभएको थियो ।