२०८२ चैत्र ५ , बिहिवार

प्रसुति सेवा नपाएकै कारण गयो जनप्रतिनिधिको ज्यान

सुनाखरी न्युज/ कपिलवस्तु। प्रसुति सेवा समयमै नपाउँदा कपिलवस्तुमा एक जनप्रतिनिधिको मृत्यु भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ३ की वडा सदस्य माधुरी लोहारको प्रसुति सेवा समयमा नपाउँदा शनिवार राति निधन भएको हो ।

 

२९ वर्षीय लोहारको सुत्केरी व्यथाले च्यापे पनि उनको क्षेत्रमा समयमा उपचार नपाउँदा मृत्यु भएको हो । उहाँको क्षेत्रमा प्रसुति गराउने अस्पताल नै छैनन्, व्यथाले च्यापेपछि बुटवलमा पु¥याउन समय लागेकाकाले यस्तो घटना भएको हो । मृतक लोहारलाई उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइए पनि उपचार सम्भव नभएका कारण मृत्यु भएको हो ।

 

गाउँपालिकामा बर्थिङ सेन्टर रहेको तर लोहारको पेटमा रहेको बच्चामा समस्या देखिएकाले थप उपचारका लागि स्वास्थ्यकर्मीको सल्लाहमा बुटवलमा पठाइएको हो ।