२०८२ चैत्र ५ , बिहिवार

बयर टिप्न जादा राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । राप्तीको टापुमा पुगेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर निवासी २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारुको बयर टिप्न जादा मृत्यु भएको छ ।

 

दुवै जनाको शव आइतबार बिहान राप्ती नदीमा फेला परेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले फेला पारेका थिए। शनिवार बेलुकासम्म पनि उनीहरूको खोजी गर्दा नभेटिए पछी आइतबार बिहान डुबेको ठाउँबाट डेढ किलोमिटर दक्षिणतर्फ नदीमा दुवैजनाको शव फेला परेको हो ।

 

 

प्रहरीका अनुसार बयर टिप्न गाउँका ७ जना युवती गएका थिए । ति मध्ये नदीमा ५ जना पौडी खेलेर बाँच्न सफल भएका थिए । उनीहरूको शवलाई पोस्टमार्टमका लागि नेपालगन्ज पठाइएको छ ।