२०८१ बैशाख १८ , मंगलबार

गाउँघरमा लोप हुँदैछ अरिङ्गाल

सुनाखरी न्युज/ काठमाडौं। पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिङ्गाल आजभोलि देख्न मुस्किल हुँदै गएको छ । बिहान सूर्योदयको समय र सूर्यास्तको समयमा डाँडामा बसेर अरिङ्गाल उडेको माउ हेर्दै नजिक वा टाढा छ भत्रे सजिलै पत्ता लगाउँथे । तर आजभोलि अरिङ्गाल भेटिन छाडेसँगै अरिङ्गालको सिकार गर्न छोडेका छन् ।

 

सूर्योदय र सूर्यास्तको किरणसँगै उडेको देखिने अरिङ्गालका माउ अचेल देख्न मुस्किल हुँदै गएको छ । गाउँघर वरिपरिका जङ्गलहरूमा तथा ठूलाठूला रूखको हाँगा र चट्टानमा अरिङ्गालको गोलो देख्न सकिन्थ्यो। तर आजभोलि जङ्गल भिर पहाड तथा रूखका हाँगाहरूमा अरिङ्गाल देख्न मुस्किल हुँदै गएकोछ। घरको छानोमा समेत अरिङ्गालको गोलो देख्न पाइन्थ्यो तर आजभोलि जङ्गलमा समेत देख्न मुस्किल हुँदै गएको छ। घरको छानोमा समेत अरिङ्गालको गोलो देख्न पाइन्थ्यो तर आजभोलि जङ्गलमा समेत देख्न मुस्किल हुँदै गएको छ।

 

मौसमअनुसार आफ्नो घर फेर्ने यो किरा जमिनमुनि र अग्ला अग्ला रूखको हाँगामा गोलो बनाएर बस्ने गर्दछ। सबैभन्दा पहिले एक अरिङ्गालले आफू मात्र अट्ने सानो चाका बनाएर दुई चारवटा फुल पारी बाहिरपट्टि रूखका बोक्राको धुलोको लेप बनाएर टाल्छ । फुलबाट विभित्र अवस्थाहरू पार गरेर १५ देखि २० दिनमा दुई चारवटा अरू वयस्क अरिङ्गाल थपिन्छन् । यसैगरी जति जति अरिङ्गालको सङ्ख्या बढ्दै जान्छ गोलाको आकार पनि त्यति ठूलो हुँदै जान्छ ।