२०८२ फाल्गुन २४ , आइतवार

घट्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २८५ रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।