२०८२ चैत्र ५ , बिहिवार

भक्तपुर २ मा कांग्रेसका दुर्लभको अग्रता कायमै, पछ्याउँदै महेश

सुनाखरी न्युज/ भक्तपुर ।
भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ। अहिलेसम्म गणना भएअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री ४११९ मतसहित अगाडि छन्।

नेकपा एमालेका उम्मेदवार महेश बस्नेत ३६८४ मतसहित थापालाई पछ्याइरहेका छन्।

नेमकिपाकी उम्मेदवार अनुराधा थापा मगरले ८६९ मत ल्याएकी छन् भने राप्रपाका मोहन केसीले ४५० मत ल्याएका छन्।